काठमाडौँ — ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका नेता हुन् । उनी तत्कालीन फोरमको केन्द्रीय सदस्य थिए
कांग्रेस प्रवेश गरेपछि लामालाई कांग्रेसले काभ्रे क्षेत्र नं. १ (ख) बाट वाग्मती प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । उनीमाथि रक्तचन्दन तस्करीदेखि फिरौती र ठेक्कापट्टा असुलीसम्मको कारोबारमा संलग्न भएको प्रहरीको आरोप छ । पटक–पटक हिरासत बसेका उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरणले समेत मुद्दा लगाएको थियो ।
रकम असुलीदेखि ढुङ्गा, बालुवा खानी सञ्चालनमा उनी संलग्न देखिएका छन्। पछिल्लो समय उनी ठेक्कातिर लागेका थिए। आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको भन्दै उनी विरुद्ध विशेषमा दर्ता मुद्दामा सफाइ पाएपछि सर्वोच्च गएको छ। यस अगाडि काभ्रेबाट अर्का गुन्डा दावा लामा पालिका अध्यक्ष भइसकेका छन्। सिन्धुपाल्चोकमा समेत आपराधिक पृष्ठभूमिका सगुन श्रेष्ठ पालिका सभापति भएका थिए।
https://ujyaalonepalnews.com/archives/16832


