गृहकार्य नगर्ने विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान, १४ माघ । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ का १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

The post गृहकार्य नगर्ने विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ appeared first on Koshi Online.

बागमती प्रदेशमा बालिकामाथि यौन शोषण बढ्दो

Previous articleराष्ट्रिय हितलाई ध्यानमा राखेर एमसिसीबारे निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ
Next articleबुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।