सीपी गजुरेल बोल्दा माओवादी महाधिवेशन हलमा हुटिङ र ताली

0
60

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुग्नुभएका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको छ । आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाउनुभएको थियो ।

उहाँले त्यसो भन्दा हलमा सहभागी माओवादीका कार्यकर्ताले ताली बजाउँदै हुटिङ गरेका थिए । ‘आज मलाई कुनै समयमा हामी नेकपा माओवादी हुँदा वर्षाैँसम्म सँगै बसेको अनुभूति भएको छ । यहाँ सहभागी हुँदा पुराना दिन सम्झाना भयो’, गजुरेलले भन्नुभयो । प्रचण्डले बेला–बेला सबै पूर्वमाओवादी एक हुनुपर्छ भनेको सुन्दा खुसी लाग्ने गरेको बताउँदै गजुरेलले त्यसका लागि केही आधार हुनुपर्ने बताउनुभएको छ ।

‘हामी चाहन्छौँ नेपालमा भएका सबै कम्युनिस्ट एक ठाउँमा हुनुपर्छ, हामीले लिएको लक्ष्य पूरा गर्न हामी सबै क्रान्तिकारी एक ठाउँमा हुनुपर्छ, तर त्यसका लागि केही आधार हुनुपर्छ’, उहाँले भन्नुभयो । ‘यदि पूर्वमाओवादी एकजुट हुने हो भने यो महाधिवेशनले जनयुद्ध सुरु गर्नुअघिको केन्द्रीय कमिटीको बैठकमा जाहेर गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ । जनयुद्धकाे लक्ष्य अपूरो छ, नेपाललाई जनगणतन्त्रिक देश बनाउनुपर्छ ।

राष्ट्रिय स्वाधीनताको विषयमा महत्त्वपूर्ण निर्णय लिनुहोस् । एमसीसी खारेज गर्नुहोस् । नेपालले गुमाएका भू–भाग नक्सामा मात्रै नभइ व्यवहारमै नेपालले पाओस्, त्यसपछि एकताको कुरा गरौँ’, गजुरेलले थप्नुभयाे ।

https://www.ujyaalonepalnews.com/archives/16926

Previous articleसाउदी राजकुमार विन सलमानले हिजो उद्घाटन गरेको २० अर्ब डलरको ‘जेद्दा प्रोजेक्ट’ के हो ?
Next articleश्रीमान् गए कमाउन खाडीमा श्रीमती चै अर्कैको गाडीमा ……