सभामुख हुने वित्तिकै सापकोटा ओलीको विरुद्धमा, बालुवाटारमा हंगामा !

0
65

काठमाडौं– अग्निप्रसाद सापकोटा सभामुख पदको सपथ लिए लगत्तै एमसिसीको विरुद्धमा देखिएका छन् । जसका कारण एमसीसी अनुमोदन गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित बनेका छन् । सापकोटाले एमसीसीबारे हतारिनु नपर्ने बताएका छन् । यसबारे बहस भइरहेकाले अहिले हतार गर्नुपर्ने अवस्था नरहेको बताए ।

प्रधानमन्त्री ओलीसहित पूर्व एमाले पक्षधर एमसीसीको पक्षमा देखिएका छन् भने पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, जनार्दन शर्मासहित पूर्वमाओवादी पक्षधर नेता एमसीसीको विपक्षमा देखिँदै आएका छन् । यसैबेला प्रचण्डनिकट मानिने नेता तथा नवनिर्वाचित सभामुख अग्निको एमसीसीबारे सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्री ओली चिन्तित् बनेका हुन् ।

नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर अनुदान परिचालन गरिने सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउनु पर्नेछ । तर, यसमा महत्वपूर्ण भूमिका रहने सभामुख सापकोटाको अभिव्यक्तिले एमसीसीको भविष्य अझै अन्योलमा देखिन्छ । एमसीसी कार्यान्वयन हुन सरकार र एमसीसीबीच भएको सम्झौता संसद्बाट पारित हुनुपर्ने सर्त छ।

चितवनमा आज फेरी बाघले मान्छे खा’यो

Previous articleह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित
Next articleबैंकिङ कसुरमा कारागार चलान