एक्स्पर्ट एजुकेसन विभिन्न ९ ओटा अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित

चितवन, पुस १५- एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर एक्सपर्ट अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । एक्सपर्ट एजुकेसन चितवनका निर्देशक डिल्लीराम अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो मेहनतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरु मार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताउनु भएको छ ।

एक्सपर्टले टोरेन्स युनिभर्सिटीः प्लाटिनम एजेन्ट–२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान–२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ कम्युनिटी इन्गेजमेन्ट÷साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड–२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटीः लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट–२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसप्रकारका अवार्डहरुले आफुहरुलाइ निरन्तर हौसला मिल्दै आएको विज्ञप्तीमा जनाइएको छ। यसले आफुहरुलाई थप जिम्मेवार बनाएको उल्लेख गरीएको छ । विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरि यस सफलताको हकदार बनाइदिनु हुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं विज्ञप्तीमा भनिएको छ ।

यहाँहरुका निरन्तरत साथ, सहयोग, सुझाव र मार्गदर्शन बिना पक्कै पनि यी उपलब्धिहरु सम्भव हुने थिएनन् । भविष्यमा पनि तपाइँहरुको यस्तै विश्वासको आशा राख्दै हाम्रो सेवालाई अझै प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दर्छौ विज्ञप्तीमा जनाइएको छ ।

पाइलट मनीष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने

Previous articleचितवनमा वृद्ध आमाबुबाको उत्कृष्ट पालनपोषण गर्ने छ जना सम्मानित
Next articleसिद्धार्थलाल चुके लाई डिष्ट्रिक गर्भनरमा निर्वाचित गराउन लायन्स क्लब अफ नारायणगढको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।