Home Uncategorized सिद्धार्थलाल चुके लाई डिष्ट्रिक गर्भनरमा निर्वाचित गराउन लायन्स क्लब अफ नारायणगढको...

सिद्धार्थलाल चुके लाई डिष्ट्रिक गर्भनरमा निर्वाचित गराउन लायन्स क्लब अफ नारायणगढको आग्रह

१५ पौष, नारायणगढ, लायन्स ईन्टरनेशनलको प्रस्ताविक नयाँ डिष्ट्रिकको ३२५ आर लायन बर्ष २०२२/२३ का लागी पिएम जे एफ सिद्धार्थलाल चुके लाई डिष्ट्रिक गर्भनरका रुपमा निबिरोध निर्वाचित गराउन लायन्स क्लब अफ नारायणगढ संगमचोकले आवहन गरेको छ । क्लब अध्यक्ष शरदमणि भट्टराईले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै क्लबका पुर्व अध्यक्ष लायन चुकेलाई निर्वाचित गराउन आग्रह गर्नुभएको हो ।

बिभिन्न ब्यावसायिक तथा सामाजिक संघ सस्थामा चुकेले कुशल नेतृत्व प्रदान गरीसक्नुभएको छ । सन् २००३ मा लायन्स क्लब अफ नारायणगढ संगमचोकका सस्थापक प्रथम उपाध्यक्ष हुदै लायनबादमा प्रवेश गनुभएको हो  लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ एरिया नं ३ को लायन बर्ष २००८/२००९ मा चिफ एरिया कोअडिनेटरको कार्यगर्नुभएका चुके त्यसपछि डिष्ट्रिकका बिभिन्न पदमा रहेर काम गरीसक्नुभएको छ ।

चुके हाल लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ को एक्जुभेटिभ चिफका रुपमा क्रियासिल हुनुहन्छ । मृदृभाषि र सरल स्वाभावका चुके राम्रो सामाजिक सम्बन्ध कायम राख्न सक्ने लायनका रुपमा सुपरिचित हुनुहुन्छ । लायनको मर्म बुझ्न सक्ने र सेवाका कार्यमा सधै अग्रसर हुने भएकाले आगामी लायन बर्ष २०२२/२३ मा गर्भनर पदका वहाँे नै योग्य भएको लायन्स क्लब अफ नारायणगढ संगमचोकका पुर्व अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रचारबाझि भन्दा टाढा बस्न रुचाउने र सेवाका कार्यमा सधै अग्रसर हुने चुकेबाट नेपाली लायनबादले अर्को सफलता चुम्ने अध्यक्ष भट्टराईले तर्क छ । लायन बर्ष २०२२/२३ मा नेपालमा १५ वटा डिष्ट्रिक हुनेछन् । हालको डिष्ट्रिकको ३२५ बी २ चार बटा डिष्ट्रिकमा रि–डिष्ट्रिकीङ्ग हुदैन । काठमाडौका केहि क्लब र चितवन–नवलपुर क्षेत्रलाई समेटदै लायन बर्ष २०२२/२३ मा नयाँ डिष्ट्रिकको ३२५ आर निमार्ण हुनेछ ।

कयर खोलाले बगाएर एकजनाको ज्यान गयो

Previous articleएक्स्पर्ट एजुकेसन विभिन्न ९ ओटा अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित
Next articleसाउदीमा ह्वात्तै कोरोना बढेपछी नयाँ नियम जारी, नेपाली दुताबासले दियो यस्तो सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।