साउदीमा ह्वात्तै कोरोना बढेपछी नयाँ नियम जारी, नेपाली दुताबासले दियो यस्तो सुचना

काठमाण्डौ – नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश साउदीमा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ । केही हप्ता अघिसम्म दैनिक कोरोना संक्रमणदर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी संक्रमणदर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।

आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ । कोभिड-१९ का घटनाहरूमा उलेख्य बृद्धि हुन् थालेपछि त्यसलाई रोक्नको लागि बिहीबारदेखि नयाँ नियमको घोषणा गरिएको हो  । अनिवार्य अनुहारमा मास्क लगाउने र सामाजिक दूरी (घर भित्र र सार्बजनिक ठाउमा ) पुन: पालना गर्नुपर्ने नियम लागु गरिएको छ ।

साउदी प्रेस एजेन्सीले गृह मन्त्रालयको आधिकारिक स्रोतलाई उद्धृत गर्दै बुधबार जारी गरेको सुचना अनुसार कोरोना सम्बन्धी नयाँ निर्णय बिहीबार, डिसेम्बर ३० को बिहान ७ बजे देखि लागू हुनेछ, र यो नियम देशैभरी लागु हुनेछ । नयाँ नियमलाई उल्लङ्घन गर्नेलाई कडा कानुनी कारबाही र जरिवाना गरिने स्रोतले बताएको छ ।

साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । दुताबासले जारी गरेको सुचना यस्तो छ !

साउदी अरबमा केही हप्ताअघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड-१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेर दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको अवस्थालाई मध्यनजर गर्दै साउदी सरकारले भोलि मिति ३० डिसेम्बर २०२१ बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किंदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने र कम्तिमा १.५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू गरेको हुंदा साउदी अरबमा रहनुहुने सम्पूर्ण नेपाली
दाजुभाई तथा दिदीबहिनीहरूले यो नियमको पूर्ण पालना गर्न गराउन हुन अनुरोध गरिन्छ ।

https://ujyaalonepalnews.com/archives/17011

Previous articleसिद्धार्थलाल चुके लाई डिष्ट्रिक गर्भनरमा निर्वाचित गराउन लायन्स क्लब अफ नारायणगढको आग्रह
Next articleसाउदीबाट लास आएको छ वर्षपछि जब सरस्वती साउदी कै जेलमा भेटिईन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।