पढ्न अस्ट्रेलिया जाने सोच छ ? त्यसो भए अस्पार्क आउनुहोस्

0
24

काठमाडौं – विदेश पढ्न जाने धेरै नेपाली विद्यार्थीको पहिलो रोजाइ बनेको गन्तव्य हो अस्ट्रेलिया। विश्व स्तरीय शिक्षा, सांस्कृतिक विविधता, विस्तारित श्रम बजार,स्तरीय जीवनशैली र शिक्षा पछिको व्यापक अवसरले यो मुलुकलाई आकर्षक शैक्षिक गन्तव्य बनाएको छ। ९० भन्दा बढी देशबाट अन्तर्राष्ट्रिय विद्यार्थी लाने यो देशको कुल जनसङ्ख्याको ४७% देश बाहिर जन्मिएको जनसङ्ख्याले ओगटेको छ। यी र यस्ता थुप्रै कारणले अस्ट्रेलिया जाने नेपाली विद्यार्थी उपयुक्त शैक्षिक परामर्श दिने कन्सल्टेन्सीको खोजीमा हुन्छन्। यदि तपाईँ पनि यही खोजीमा हुनुहुन्छ भने पुतलीसडक काठमाडौँमा रहेको अस्पार्क एजुकेसन नेटवर्क तपाईँका लागि सही छनोट हुनसक्छ।

त्यसो त अस्पार्कले अस्ट्रेलिया बाहेक अन्य गन्तव्यमा पनि नेपाली विद्यार्थी पठाइरहेको छ। स्थापनाको छोटो समयमै गौरवपूर्ण इतिहास बनाउन सफल संस्थाले अस्ट्रेलिया बाट सुरु गरेको परामर्श हाल अस्ट्रेलिया सहित युके, क्यानडा, अमेरिका, डेनमार्क, न्युजिल्याण्ड र भारत सम्म पुगेको छ। यसरी काम गर्दै गर्दा उत्कृष्ट भिसा सफलता र कम लागतमा गुणस्तरीय सेवा सहितको पहिचान संस्थाले बनाएको छ ।

विदेश पढ्न जानु अघि भाषा अध्ययन महत्त्वपूर्ण हुन्छ। विश्वका विभिन्न देशहरूले आफ्नो देशमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषाको ज्ञान अनिवार्य गरेका छन्। भाषा पढ्ने ठाउँ र त्यहाँको सिकाइ उत्कृष्ट नहुन्जेल अपेक्षित नतिजा प्राप्त गर्न सकिन्न भन्ने बुझेको अस्पार्क व्यवस्थापनले त्यही स्तरको भाषा कक्षाको व्यवस्था गरेको छ। टोफेल, आईएल्टिएस, पिटिई, ओइटि लगायतको भाषा कक्षा सञ्चालन हुने अस्पार्कमा सुविधा सम्पन्न डिजिटल कक्षाकोठाको व्यवस्था गरिएको छ। त्यस्तै हरेक हप्ता निःशुल्क मक टेस्ट, दक्ष, अनुभवी तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकको व्यवस्था, न्यून शुल्कमा स्तरीय शिक्षा, भाषामा उत्कृष्ट नतिजा आदि अस्पार्कको भाषा कक्षाका विशेषताहरू हुन्। अझै महत्त्वपूर्ण त अस्पार्कले भाषा शिक्षणका लागि छुट्टै ‘लर्निङ सेन्टर’ को व्यवस्था गरेको छ जसले विद्यार्थीको उच्च अङ्क प्राप्त गर्ने सपनालाई साथ दिन्छ।

अस्पार्कले आफ्नो संस्थाबाट विदेश अध्ययनको आवेदन दिने विद्यार्थीका लागि पनि विशेष व्यवस्था गर्ने गरेको छ । निःशुल्क काउन्सिलिङको सुविधा बाहेक सुलभ दरमा प्रोसेसिङ, योग्य आवेदकका लागि छात्रवृत्तिको व्यवस्था, उपयुक्त कोर्स, विश्वविद्यालय र विषयहरूको विविध छनोटको विकल्प, डकुमेन्ट बनाउन सहयोग, विदेश जानू अगाडि उपयुक्त मार्गदर्शन र बासस्थान र काम खोज्न सहयोग आदि अस्पार्कका विद्यार्थीले पाउने सुविधा हुन् । त्यस्तै द्रुत र सरल आवेदन प्रक्रिया र अन्तर्वार्ता तयारीको व्यवस्था पनि संस्थाले गर्ने गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा तालिम प्राप्त र प्रमाणित काउन्सिलरले विद्यार्थीको शैक्षिक र आर्थिक स्तर अनुसारको कोर्समा विद्यार्थीलाई मार्गनिर्देश गर्ने गरेका छन्।

अस्ट्रेलियाका लागि अस्पार्क नै किन रोज्ने ?

त्यसो त अस्ट्रेलिया बाहेक अन्य गन्तव्य जाने नेपाली विद्यार्थीहरू माझ पनि अस्पार्क उतिकै लोकप्रिय छ। तर संस्थाले अस्ट्रेलियालाई सधैँ उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ। यसका पछाडि विभिन्न कारणहरू पनि रहेका छन्। अन्तर्राष्ट्रिय विद्यार्थीले बढी रुचाएको एक प्रमुख गन्तव्यको रूपमा रहेको, शैक्षिक संस्थाहरूको गुणस्तर र त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले पाउने कोर्सका विभिन्नता, उपयुक्त वातावरण र शुल्कका कारण मात्रै यो देश रोजाइको बनेको नभई त्यहाँ उनीहरूले शिक्षा सँगै पाउने सिप र रोजगारीको सुनिश्चितताको उतिकै भूमिका रहेको छ। त्यस्तै अन्य देशहरूको तुलनामा कम शिक्षण शुल्क, कम दैनिक खर्च, राम्रो जीवन स्तर, आप्रवासनको लागी सम्भावित अवसर आदि पनि विद्यार्थीलाई आकर्षित गर्न सक्ने तत्त्वहरू हुन्।

अस्ट्रेलियन विश्वविद्यालयको छात्रवृत्ति देखि भर्ना सम्म हरेक चरणमा सहजीकरण गर्नका लागि अस्पार्कको टिम हर क्षण तयार भएर बसेको छ। अस्ट्रेलियामा आफ्नै कार्यालय भएको अस्पार्क नेपाली विद्यार्थीलाई यहाँ बाट पठाइसकेपछि पनि थप सहयोग गर्न तयार भएको बताउँछन् अस्पार्कका सिइओ बिमलमान राजभण्डारी। खासगरि नयाँ गन्तव्यमा पुग्ने विद्यार्थीलाई त्यहाँ आउने विविध समस्यामा आफ्नो कार्यालयले सहजीकरण गर्ने उनको भनाइ छ। अस्पार्कले नेपाली विद्यार्थीलाई ‘आफ्टर भिसा सर्भिस’ का रूपमा ‘पी.एस.डब्लु.’  प्राप्त गर्न र पढाइ सकिसकेपछि रोजगारी दिलाउन सहयोग गर्ने गरेको छ। त्यस्तै न्यून शुल्कमा आवेदन दिन, मध्यम, न्यून र उच्च वर्गीय तिनै खालका शैक्षिक संस्थाको विकल्प पाउन, योग्यता अनुसारको छात्रवृत्ति पाउन अनि छरितो र विश्वासिलो रूपमा विदेश अध्ययन पुरा गर्नका लागि विद्यार्थीले अस्पार्क रोज्नुपर्ने हुन्छ।

यो सँगै अस्पार्कले हालै ‘मात्र एजुकेसन’ मार्फत घोषणा गरेको अफरमा अङ्ग्रेजी भाषा परीक्षाहरूको शुल्कमा शत प्रतिशत क्यासब्याक दिने घोषणा गरेको छ। यो अफर अन्तर्गत विद्यार्थीले आइएल्टिएस, पिटिई, टोफेल, ओइटि आदि भाषा तयारी गर्दा तिरेको शुल्क अस्पार्कबाट प्रोसेसिङ गरेको खण्डमा पुरै फिर्ता पाउने घोषणा गरिएको छ। अस्ट्रेलिया नेपाली विद्यार्थीले बढी रुचाएको गन्तव्य भएको र बोर्डर पनि भर्खरै खुलेको हुँदा संस्थाले यस्तो घोषणा गरेको हो।

आफूलाई गुणस्तरको पर्यायका रूपमा प्रस्तुत गर्दै छोटो समयमै आफ्नो छुट्टै अस्तित्व स्थापित गर्न सफल अस्पार्क तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। तपाईँ पनि आफ्नो विदेश अध्ययनको सपना पुरा गर्न चाहनुहुन्छ भने थुप्रै नेपाली विद्यार्थीहरूको सारथि बनिसकेको अस्पार्कलाई रोज्न सक्नुहुन्छ। त्यसका लागि तपाईँ पुतलीसडकको कुमारी बैङ्क नजिकै रहेको अस्पार्क एजुकेसनको कार्यालय जान सक्नुहुन्छ। त्यस्तै यहाँ क्लिक गरेर अस्पार्कको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सकिन्छ।

https://www.ujyaalonepalnews.com/archives/17094

Previous articleरत्ननगरका ३७ जना छात्रालाई साईकल वितरण
Next articleराप्ती क्रिकेट च्याम्पियनसिपको उपाधि राप्ती-५ लाई