त्रिकोणात्मक क्रिकेट शृंखलामा शरदको कीर्तिमान

0
2

राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले ओमानविरुद्ध कीर्तिमानी ५० रन पूरा गरेका छन्। आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा उनले कीर्तिमान बनाएका हुन्।

घरेलु मैदानमा भएको ओडीआईमा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। शरदले सो कीर्तिमान ९५ बलको सामना गर्दै पूरा गरेका हुन्।

शरदले ५ चौका मद्दतमा अर्धशतक पूरा गरे। राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का सस्तैमा पवेलियन फर्केपछि शरद तेस्रो नम्बरमा क्रिजमा आएका थिए।

यसअघि नेपालबाट ओडीआईमा कप्तान ज्ञानेन्द मल्ल, पारस खड्का, सोमपाल कामी, रोहित कुमार पौडेल र सुवास खकुरेलले अर्धशतक पूरा गरेका छन्।

बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

Previous articleटर्कीमा हिम पहिरो जाँदा २३ जनाको मृत्यु
Next articleजब राष्ट्रपति ट्रम्पको भाषणको प्रति सभामुखले रोष्ट्रममा नै च्यातिदिइन्…