सुकुमबासीलाई लालपूर्जा बाँड्दै रत्ननगर: नगरपालिका र भुमि आयोग बीच सम्झौता हुने

रत्ननगर । रत्ननगर नगरपालिका भित्रका भूमिहीन सुकुमबासीलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिका बीच सम्झौता हुदैछ । पुस २८ गते काठमाडौंमा रत्ननगर नगरपालिका र आयोग बीच सुकुमबासीलाई लालपूर्जा वितरणको लागि काम अगाडि बढाउने गरी सम्झौता हुन लागेको हो ।

आयोगले पौष २४ गते ९१ वटा पालिकाहरुसंग सम्झौता गर्ने गरी नाम सार्वजनिक गरेको थियो । सम्झौता गर्न आयोगले ३५ दिनको म्याद राखेको छ । सार्वजनिक सुनुवाई गरी नगरसभाको तयारीमा रहेको सो नगरपालिकाले २८ गते आयोगसंग सम्झौता गर्न लागेको हो ।

काठमाडौंमा हुने कार्यक्रममा आयोगसंग सम्झौता हुने र लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने मेयर नारायण वनले बताए । नगर स्तरीय राजनीतिक दलले आयोगसंग तत्काल सम्झौता गरेर काम अगाडि बढाउने लिखित पत्र मार्फत नगरपालिकालाई आग्रह गरेका छन् । २८ गते सम्झौता गर्ने गरी आयोगले हामीलाई जानकारी गराएको हो मेयर वनले भने सोही अनुसार भोली हामीले सम्झौता गर्दैछौं ।

https://ujyaalonepalnews.com/archives/17156

Previous articleअरबी साहुको तिब्र यातना र कुटपिट भोगेर नेपाल फर्किंईन् सावित्रा
Next articleमाधव नेपाललाई काेराेना सङ्क्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।