माधव नेपाललाई काेराेना सङ्क्रमण


काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकाे मिल्दाेजुल्दाे लक्षण देखिएपछि अध्यक्ष नेपालकाे हिजाे साेमवार काेराेना परीक्षण गरिएकाे थियाे । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार काेराेना पुष्टि भएकाे हाे ।

अहिले उहाँ घरमै आइसाेलेशनमा बसिरहनुभएकाे छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई काेराेना पुष्टि भएकाे थियाे । उहाँहरू पनि हाेम आइसाेलेशनमा हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/17160

Previous articleसुकुमबासीलाई लालपूर्जा बाँड्दै रत्ननगर: नगरपालिका र भुमि आयोग बीच सम्झौता हुने
Next articleकोरोना संक्रमण ह्वात्तै बढेपछी विमानस्थलले जारी गर्यो यस्तो सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।