महिलाको पक्षमा साउदी अरबको ऐतिहासिक निर्णय, महिलाहरुको रुप देख्दा दुनियाँ चकित (तस्वीरहरु)

काठमाडौं। साउदी अरेबियाले महिलाहरुप्रतिको आफ्नो रुढीवादी सोचलाई बदल्दैछ । अब उसले महिलाहरुलाई ऊँटहरुको लागि आयोजित एक प्रतियोगितामा भाग लिन अनुमति दिएको छ । ऊँटहरुको सौन्दर्य प्रतियोगिता ‘शिप्स अफ द डेजर्ट’मा इतिहासमै पहिलो पटक साउदीमा महिलाहरुले ऊँटमा चढेर परेड गरे । ऊँटको यो सौन्दर्य प्रतियोगिता किंग अब्देलअजीज फेस्टिभलको एक हिस्सा थियो जसमा यसअघि केवल पुरुषहरु मात्र सहभागी हुन्थे । साउदी अरेबियाको राजधानी रियादबाट उत्तरपूर्व रुमा मरुभूमिमा आयोजित यो प्रतियोगिताको हिस्सा बनेर महिलाहरु निकै खुसी छन् ।

२७ वर्षकी लामिया अल रशीदीले समाचार एजेन्सी एएफपीसँग भनिन् ‘म आशा गर्छु कि इंशाअल्लाह हामीले समाजमा प्रतिष्ठा निश्चय पाउनेछौं ।’ रशीदीको परिवारमा ४० ऊँट छन् र उनी ऊँटहरुको बीचमै हुर्किएकी हुन् । प्रतियोगितामा भाग लिनको लागि उनले आफ्नो अनुहारलाई कालो स्कार्फले पूरै ढाकेकी थिइन् । काँधमा रंगीबिरंगी शल झण्ड्याएकी थिइन् । उनले एएफपीसँग भनिन् ‘जब म सानी थिएँ त्यतिबेलादेखि नै मेरो ऊँटमा रुची छ । जब यो प्रतियोगितामा महिलाहरुले भाग लिन पाउने घोषणा गरियो, मैले यसमा भाग लिने निश्चय गरें ।’

महिलाहरुको प्रतियोगितामा ४० जना महिला प्रतियोगीहरुले भाग लिए र टप ५ जना महिलाहरुलाई १ मिलियन रियाल (३ करोड १५ लाख रुपैयाँ) पुरस्कार दिइयो । यो प्रतियोगितामा भाग लिने ऊँटहरुको सुन्दरतालाई कैयौं मापदण्डमा मूल्यांकन गरिन्छ । ओठ, घाँटी र पिठ्युँमा हुने डल्लोको आकारलाई मुख्य रुपमा हेरिन्छ । डिसेम्बरमा कैयौं प्रतियोगीहरुलाई यो प्रतियोगिताको लागि अयोग्उ घोषित गरिएको थियो किनकि उनीहरुको ऊँटलाई प्रतिबन्धित बोटोक्स इन्जेक्सन लगाइएको थियो । यो इन्जेक्सन अनुहारको चाउरी कम गर्नको लागि प्रयोग गरिन्छ । यो समारोहमा एक समय त यस्तो समेत आयो कि रातो बालुवामा घोडामा चढेका कालो कपडा लगाएर परेड गरिरहेका महिलाहरु ऊँटमाथि सेतो कपडा लगाएर सवार पुरुषहरुभन्दा अगाडि गए ।

खासमा तरवार लिएका पुरुषहरु ढोलकको थापमा नाच्न लागे जसका कारण उनीहरु पछि छुटे र महिलाहरु अगाडि पुगे । तेलको धनी यो खाडी देश इस्लामका नियमको कडाइका साथ पालन गर्छ । तर, २०१७ मा क्राउन प्रिन्स मोहम्मद बिन सलमान सत्तामा आएपछि व्यापक सुधार गरिएका छन् र महिलाहरुमाथि लगाइएका कैयौं प्रति’बन्धहरु हटाइएका छन् । यो प्रतियोगिताका म्यानेजर मोहम्मद अल हरबीले भने ‘महिलाहरु सधैं खानाबदोश समाजका अभिन्न अंग रहिआएका छन् । उनीहरु ऊँटका मालिक हुन् र ऊँटहरुको हेरचाह गर्दै आइरहेका छन् ।’

साउदीको यो ४० दिने उत्सवको सुरुवात गत महिना भएको थियो । म्यानेजर अल हरबीले यो प्रतियोगितामा महिलाहरुलाई सहभागी गराउने निर्णय साउदी अरबको ऐतिहासिक विरासतलाई मध्यनजर गर्दै गराइएको बताए । यो प्रतियोगितामा ७ वर्षकी मालाथ बिन्त इनादले पनि भाग लिइन् जो यो प्रतियोगिताकी सबैभन्दा कान्छी प्रतियोगी हुन् । उनको ऊँटले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्यो । डिसी नेपाल बाट 

भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप

Previous articleकोरोना संक्रमण ह्वात्तै बढेपछी विमानस्थलले जारी गर्यो यस्तो सुचना
Next articleमलेसियनले गरे नेपाली कामदार माथि कुटपिट, भिडियो सहित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।