दुई वर्षको पोथी गैँडा मृत भेटियो

चितवन, २ माघ- निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

गैँडाका खाग र खुर सुरक्षित रहेको छ । योसँगै निकुञ्जमा चालू आर्थिक वर्षमा २० गैँडा मरेकामा १८ वटा प्राकृतिक कारणले र दुई सिकारीले मारेका थिए । (रासस)

https://ujyaalonepalnews.com/archives/17239

Previous articleधुर्मुश-सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी
Next articleकिसानलाई खुसीको खबर: दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।