समिक्षा-पल शाह प्रकरण; अभिनेता पल शाहविरुद्ध जबर्जस्तीकरणीको जाहेरी दर्ता

काठमाडौं । चर्चित अभिनेता पल शाहविरूद्ध जबर्जस्तीकरणीको जाहेरी दायर भएको छ ।

१७ वर्षीया एक बालगायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा गएर शाहविरूद्ध जाहेरी दिएकी हुन्।

गण्डकी प्रदेश प्रहरीले शाहविरूद्ध दर्ता भएको जाहेरी दर्ता भई कानुनी प्रक्रिया अघि बढिसकेको बताइएको छ । तर, यसबारे औपचारिक जानकारी भने दिएको छैन।

केही दिनअघि ती १७ वर्षीयाले मिडियामा आएर नायक शाहले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । बुधबार भने जिल्ला प्रहरी कार्यालय कास्की पुगेर नायक शाहविरुद्ध मुद्धा दायर गरेकी छन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी भनिन्छ । साथै, १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/17631

Previous articleनिकुन्जमा घुंगी टिपेको निहुँमा कुटीकुटी मान्छे मार्ने सैनिकलाई जन्मकैदको सजाय
Next articleरत्ननगर महोत्सव : शोभायात्रा भब्य बनाइदै,१५० संघसंस्था सहभागी हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।