भरतपुर, ३ माघ- पछिल्लो २४ घण्टामा चितवनमा २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ७ सय ४१ जनाको पिसिआर परीक्षण गराउँदा २ सय १० जना र ९५ जनाको एण्टीजेन परीक्षण गराउँदा ४२ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरमा १ सय ८८, रत्ननगरमा ३३ जना, खैरहनीमा ८ जना, राप्तीमा ११ जना, कालिकामा ५ जना, इच्छाकामनामा ४ जना र माडीमा ३ जनामा संक्रमण पुष्टी भएको हो ।
भरतपुरमा ७ सय १६ जना, रत्ननगरमा ७३ जना, खैरहनीमा ३१, माडीमा १५, राप्तीमा २७ जना, कालिकामा १८ जना, इच्छाकामनामा १३ जना सक्रिय संक्रमित छन् । हालसम्म चितवनमा संक्रमित हुनेको संख्या २८ हजार १ सय ३३ पुगेको छ । जसमध्ये २६ जना अस्पतालमा, ८ सय ६७ जना होम आइसोलेसनमा छन् ।
चितवनमा सक्रिय संक्रमित ८ सय ९३ जना पुगेका छन् । निको हुने संख्या २६ हजार ८ सय ३ पुगेको छ । कोरोनाका कारण हालसम्म चितवनमा ४ सय ३७ जनाले ज्यान गुमाएका छन् । ५ सय बढी सक्रिय संक्रमित रहेकाले चितवनलाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ । २६ गते यता संक्रमण दर बढेको छ ।
भरतपुर अस्पतालमा ३५, चितवन मेडिकल कलेजमा ६, कलेज अफ मेडिकल साइन्सेसमा ६ जना अस्पतालमा उपचारत छन् ।

https://ujyaalonepalnews.com/archives/17253



