नेपाली फुटबलको विकासमा साउदी सरकारले सहयोग गर्ने

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबिया फुटबल फेडेरेसन (साफ) बीच नेपाली फुटबलको वृहत्तर विकासका लागि सम्झौता भएको छ । साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र साउदीका अध्यक्ष यास्सर अलमिसेहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

एन्फाका अनुसार फुटबलका कार्यक्रमहरू आदानप्रदान गर्न दुवै पक्ष सहमत भएका छन् । राष्ट्रिय टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्ने तथा उमेर समूह (यू–१७, यू–१९ र यू–२३) को टोलीबीच प्रशीक्षण शिविरहरू आयोजना गर्नेबारे पनि सम्झौता भएको छ ।

युथ फुटबल विकासमा विशेषज्ञ सेवा प्रदानका साथै दक्ष जनशक्ति उत्पादनका लागि कार्यशाला गोष्ठी, सेमिनार र वार्ताहरू नियमित जारी राख्ने सहमति भएको एन्फाले जनाएको छ । रेफ्रीको क्षमता अभिवृद्धि, रेफ्री शिक्षा, भिडियो असिस्टेन्ट रेफ्री (भार) बारे चेतना तथा दुवै देशमा आयोजित प्रतियोगिताहरूमा रेफ्री आदानप्रदानमा पनि दुवै पक्ष सहमत भएका छन् ।

साउदी भ्रमणका क्रममा एन्फा अध्यक्ष शेर्पाले एएफसी महासचिव दातो विन्डसर जोन र उपमहासचिव वाहिद कर्दानीसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा एएफसीले एन्फालाई प्रदान गर्ने प्राविधिक सहायता कार्यक्रम पुनः सुरु गर्ने सहमति भएको थियो ।

अन्तर विद्यालय तीजगीत प्रतियोगितामा स्काइराइडर प्रथम

Previous articleचितवनमा एकैदिनमा २५२ जनामा कोरोना संक्रमण चितवनमा एकैदिनमा २५२ जनामा कोरोना संक्रमण
Next articleरोजगारदातालाई युएई सरकारको निर्देशन: श्रमिकको तलब समयमै उपलब्ध गराउनु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।