चितवन, पुस ४ । पार्टी प्लालेसमा विबाह, ब्रतबन्ध जस्ता धार्मिक कार्यक्रम गर्दा जिल्ला प्रशासन कार्यालय चितवनमा स्वीकृत लिनुपर्ने भएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड–१९)का बिरामी बढ्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएपछि पाटी प्लालेसलाई विबाह, ब्रतबध, न्वारान, तथा पास्नि जस्ता धार्मिक कार्यक्रमका लागि पुर्व स्वीकृती लिन अनुरोध गरिएको हो ।
“पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाईमा नबढ्ने गरी बढीमा पचास जना मात्र उपस्थिति रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारबाट पर्व स्वीकृत लिई बिबाह, ब्रतबन्ध, न्वारान तथा पास्नि जस्ता धार्मिक, सांस्कृतिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने ।”–प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस महामारी सावधानि अपनाउन २४ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जारी गरेको आदेशमा भौतिक रुपमा २५ जना भन्दा बढी उपस्थित हुने सबै प्रकारका सभा, सम्मेलन, प्रर्दशन, मेला महोत्सव माघ मसान्त सञ्चालन गर्न रोक लगाईएको छ । गोष्ठि, सेमिनार, बैठक तथा विद्यालयका कक्षा सञ्चालन माघ १५ गतेसम्म नगर्न उल्लेख गरिएको छ ।
सिनेमा हल डान्स बार, दोहोरी नाँचघर जिम हलहरु पनि माघ १५ गते सञ्चालन गर्न रोक लगाइएको छ । अन्य व्यवसाय सञ्चालन गर्दा २५ जना भन्दा कम राखेर सञ्चालन गर्न भनिएको छ । प्रशासनले सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध गरेको छ । सार्वजनिक स्थलहरुमा निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ ।
https://ujyaalonepalnews.com/archives/17270


