देउवा सरकारको उपहार: इन्धनको मूल्य फेरी बढ्यो, पेट्रोलको भाउ प्रतिलिटर १३९ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । गत कात्तिक २४ गते पनि निगमले मूल्य बढाएको थियो ।

यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३९ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ १२२ रुपैयाँ पुगेको छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत राखिएको छ ।

https://ujyaalonepalnews.com/archives/17281

Previous articleसाउदीमा घट्दै छ विदेशीलाई रोजगारी; साउदी नागरिक मुख्य प्राथमिकतामा
Next articleनेपालले टी-२० विश्वकप छनोटअघि टी-२० सिरिज खेल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।