मालपोत कार्यालय चितवनको सेवा १६ गतेसम्म स्थगन

भरतपुर, १० माघ- कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चितवनको मालपोत कार्यालयको सेवा १६ गतेसम्म रोकिएको छ । कार्यालयले आज सूचना जारी गर्दै कार्यालय प्रमुख सहित ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकाले सबै कर्मचारी आइसोलेसनमा बस्नु पर्ने भएकाले सेवा स्थगन गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिनाले आन्तरीक तथा प्रशासनिक कार्यबाहेक अन्य सेवाहरु १६ गतेसम्म रोकिएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/17335

Previous articleवैदेशिक रोजगारीबाट नेपाल फर्कँदै हुनुहुन्छ ? तपाईले थाहा पाउनैपर्ने नियमहरु
Next articleसौराहामा पर्यटकको आकर्षण बढाउन सहयोग गर्छु : मन्त्री श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।