चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सौराहाको पर्यटकीय महत्वलाई बढाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबार चितवनको सौराहामा पर्यटन व्यवसायी एवं संरक्षणकर्मीहरु सँग कुराकानी गर्नुहुदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
चितवनको सौराहामा रहेको पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिका सचिव एवं पर्यटन व्यवसायी राममणी खनालका अनुसार मन्त्री श्रेष्ठले सो अवसरमा यहाँको पर्यटकीय क्षेत्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
चितवनको सौराहामा रहँदा मन्त्री श्रेष्ठले चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी गर्नु भएको थियो । सो अवसरमा समितिका सचिव खनालले सौराहा र राष्ट्रिय निकुञ्जको महत्वको बारेमा जानकारी गराउनु हुदै यहाँको विकासको लागि सहयोग गर्न मन्त्री श्रेष्ठसँग आग्रह गर्नुभएको थियो ।
मन्त्री श्रेष्ठले घाँसे मैदान व्यवस्थापन गर्नु पर्ने प्रमुख विषय रहेको आफुले महसुस गरेको वताउनु भएको छ । उहाले निकुञ्ज भित्र घाँसे मैदान व्यवस्थापन गर्ने सके जगंली जनावर मानव वस्तीमा आउन रोकिने वताउदै यस तर्फ मन्त्रालय सकारात्मक रहेको वताए ।
मन्त्री श्रेष्ठलाई सौराहामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले दोसल्ला एवं मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । भने कार्यक्रमको आयोजना पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले गरेको थियो ।भने समितिका कार्यवहाक अध्यक्ष टीका प्रसाद कँडेलले समितिले गरेका कामका विषयमा जानकारी गराउनु भएको थियो ।
बागमती प्रदेशका नव नियुक्त मन्त्रीलाई साैराहामा स्वागत
चितवन । सौराहामा बागमती प्रदेशका नव नियुक्त मन्त्रीलाई सोमबार स्वागत गरिएको छ । चितवनको सौराहामा रहेको पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समितिले प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ र अर्का संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठलाई सोमबार स्वागत एवं सम्मान गरेको हो ।
मन्त्री दोयले चितवनको पर्यटन विकासका सक्दो सहयोग गर्ने वताएका छन । सौराहामा भएको एक औपचारीक कार्यक्रममा यस्तो वताएका हुन । सौराहामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले दोसल्ला एवं मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । भने कार्यक्रमको आयोजना पर्यटन प्रवद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले गरेको थियोे । कार्यक्रमको सञ्चालन सचिव राममणी खनालले गर्नु भएको थियो । भने समितिका कार्यवहाक अध्यक्ष टिका प्रसाद कँडेलको अध्यक्षतामा समपन्न भएको थियो ।
https://ujyaalonepalnews.com/archives/17339


