चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ । हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना info@tourism.go.np मा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो । सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो ।

समितिले थप छानबिन गर्नुपर्ने भनी सिफारिस गरिएका विषयमा सम्बन्धित निकायलाई स्पष्टीकरण सोध्न र थप छानबिन गर्न यस मन्त्रालयमा पुनः छानबिन समिति गठन भएको पनि मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्: कोरोना कहरमा चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

काठमाडौं । कोभिड–१९ संक्रमणको समयमा विगतमा भएका चार्टर्ड उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सलाई कम उडानको अनुमति दिइएको सन्दर्भमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबीन समिति गठन गरेको छ ।

लकडाउनका बेला विदेशबाट नेपालमा यात्रु ल्याउने प्रयोजनका लागि नेपाल एअरलाइन्सले ६५ वटा उडानको अनुमति पाएको थियो । निजी लगानीको हिमालय एअरलाइन्सले भने २३१ वटा उडान गरेको थियो । ध्वजावाहक नेपाल एअरलाइन्सले निजी क्षेत्रलाई पृष्ठपोषण हुने गरी निजीलाई बढी अनुमति दिइएको गुनासो गर्दै आएको छ । यस सन्दर्भमा छानबीन गरी १० दिन भित्र प्रतिवेदन बुझाउन समिति गठन भएको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठन भएको समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशक प्रेमनाथ ठाकुर समेत छन् । समिति गठन भएको जानकारी आफूले पाएको र कार्यक्षेत्र बुझ्न बाँकी रहेको संयोजक लुइँटेलले अनलाइनखबरलाई बताए ।

 

 

https://ujyaalonepalnews.com/archives/17354

Previous articleमलेशियामा एकदिनमा पैसा डबल भन्दै CFG App मा पैसा लगानी गरेका नेपालीको फेसबुकमा रुवाबासी
Next articleरत्ननगरको सौराहाचोकमा खुल्यो कनेक्सन मोबाइल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।