रत्ननगर,माघ १४- पुर्वि चितवनको रत्ननगरमा कनेक्सन मोबाइल संचालनमा आएको छ । रत्ननगरको सौराहा चोकैमा विहिबारबाट मोबाइल पसल संचालनमा ल्याइएको हो । मोबाइल मर्मतलाई मुख्य लक्ष्य राखेर कनेक्सन मोबाइल संचालनमा ल्याइएको संचालक लक्ष्मण सापकोटाले जानकारी दिए ।
उनले पछिल्लो समय मोबाइल मर्मतको लागि उचित विकल्प नभएर ग्राहकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै कनेक्सन मोबाइलमा उच्च प्रविधिबाट मोबाइल मर्मत सेवा उपलब्ध हुने बताए ।
मोबाइलको हार्डवेयर र सफ्टवेयरको विषयमा अध्ययन गरेका अर्का संचालक युवराज सापकोटाले मोबाइल सम्वन्धि सामान्य देखी जटिल समस्याको समाधान कनेक्सन मोबाइलमा हुने बताए । उनले पसलको शुभारम्भको अवसरमा एक हप्तासम्म मोबाईल एसोसरिज तथा मर्मतमा ग्राहकहरुका लागि विशेष छुट प्रदान गरिने जानकारी दिए ।
मोबाइल मर्मत बाहेक पसलमा सवै कम्पनीको नयाँ मोबाईल,मोबाइल एसोसरिज,स्पिकर,घडी लगाएको सामाग्री खरिद गर्न सकिनेछ ।
चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/17356


