विदेश बसेर नेपाली युवतीलाई म्यासेन्जरमा छाडा कुरा गर्ने युवा एअरपोर्ट बाटै पक्राउ
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्यूरोले जनाएको छ। वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्यूरोले उनलाई पक्राउ गरेको हो।
खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए।
यदि तपाई वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्नुहुन्छ भने विदेसमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने जानकारी, दुताबासका सुचना, एअरलाइन्सको सुचना लगायत सबै जानकारी पाउनको लागी यो ग्रुपमा ज्वाईन् हुनुहोला ! ग्रुपमा ज्वाईंन हुन यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/17368


