संविधान दिवसको अवसरमा रत्ननगर १६ मा भोली वृहत रक्तदान कार्यक्रम हुँदै

उज्यालो नेपाल, असोज २- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली युवा क्लबले भोली आईतबार वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वभरि फैलिएको कोभिड-१९ (कोरोना भाइरस) का कारण देशभरि रगत अभाव भएकाले ‘वृहत रक्तदान कार्यक्रम’ आयोजना गरिएको क्लबका अध्यक्ष  निराजन घिमिरेले जानकारी दिए ।

‘अहिले कोरोनाका कारण रगत अभाव हुँदा धेरै बिरामीलाई समस्या भएको छ,’ उनले भने, ‘यस्तोबेला मानवीयता देखाउन रक्तदान कार्यक्रम गरिएको हो ।’ हाम्रो एक थोपा रगतले कसैको जीवन बच्न सक्ने हुँदा यस्तो संकटका बेला सचेत नागरिकको भूमिका निवार्ह गर्न रक्तदान कार्यक्रम गर्नुपरेको उनको भनाइ छ ।

क्लबले गत मई १ तारिख मजदुर दिवसमै आयोजना गर्नको लागी तय गरेको कार्यक्रम विविध कारणले स्थगित भएपछी अहिले गर्न लागेको हो । रत्ननगर १६ मा रहेको भद्रकाली मन्दिर परिसरमा आयोजना हुने कार्यक्रममा नगर प्रमुख नारायण वनको प्रमुख आतिथ्यता रहने छ । कार्यक्रमको मिडिया पार्टनरको रुपमा रत्ननगर बाटै संचालित उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा. लि. रहेको छ।

 

https://ujyaalonepalnews.com/archives/15852

Previous articleरत्ननगर अस्पतालको अर्को फड्को; मृगौलाको सफल शल्यक्रिया
Next articleमलेशिया मै अस्ताएकाहरुको शव आउने क्रम जारी, एकैदिन ल्याइयो ६ जना नेपालीको शव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।