कतारमा अब खोप नलगाएका व्यक्ति तथा बालबालिकाले मलमा प्रवेश पाउने भएका छन् । बुधवार बसेको मन्त्रीपरिषदको बैठकद्वारा जारी निर्णय बमोजिम शनिबार जनवरी २९ देखि खोप नलगाएका व्यक्ति र बालबालिकालाई मल तथा व्यवसायीक कम्प्लेक्समा प्रवेश नदिइने नियम खारेज गरिने भएको हो । तर त्यस्ता स्थानमा रहेका फुड कोर्टहरुले भने अझै पनि ५० प्रतिशत क्षमतामा मात्र आफ्नो सेवा सन्चालन गर्नुपर्ने छ ।
मन्त्रीपरिषदको बैठकमा कोरोना सम्बन्धित अन्य बिषयमाथि पनि छलफल भएको थियो ती यस् प्रकार रहेका छन् ।
अनिवार्य सबैले पालना गर्नुपर्ने छ सुरक्षाका उपायहरु :
- मास्क र सेनिटाइजरको प्रयोग ।
- एह्तेराजको प्रयोग
- कम्तीमा १ मिटरको दुरी कायम ।
- निजि सवारीमा चालक सहित चार जना भन्दा बस्न नपाउने ।
सामाजिक भेला
- खुला स्थानमा खोप लगाएका १५ जना र बन्द स्थानमा १० जना सम्म भेला हुन पाउने ।
- एक मिटरको दुरी कायम गरि शुक्रवारको प्राथर्ना गर्न पाउने । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रवेश नदिइने । शौचालय र धारा बन्द हुनुपर्ने ।
- खुला स्थानमा भएको होटेल वा बिबाह हलमा ८० र बन्द हलमा ४० जना सम्मले बिबाह पार्टी गर्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।
यातायात
- एकै परिवारको १२ जना सम्म एउटै डुंगामा बस्न पाउने । अन्यमा १५ जना सम्म बस्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।
- ७५ प्रतिशत क्षमतामा मात्रै मेट्राे चलाउन पाउने । धूम्रपान कक्ष बन्द गर्नुपर्ने । खानेकुरामा पनि रोक ।
- ड्राइभिङ स्कुल ७५ प्रतिशत क्षमतामा मात्र खोल्न पाउने । सबैले खोप लगाएको हुनुपर्ने ।
शिक्षा
- विद्यालय तथा किन्डरगार्डेन खुल्ने।
खुला क्षेत्र तथा खेलकुद
- सार्वजनिक पार्क,बिच र कर्नेशमा एकै परिवारका बाहेक अन्य १५ जनासम्म मात्र भेला हुन पाउने । निजि बिचमा ७५ प्रतिशत सम्मले प्रवेश पाउने ।
- स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद बिना रोकतोक अभ्यास गर्न पाउने ।
- स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत खोप लगाएक दर्शक राखेर खेलाउन पाउने ।
- अन्य स्थानीय तथा कुनैपनि निजि खेलकुद प्रतियोगिता गर्न नपाउने ।
व्यवसाय तथा मनोरञ्जन
- मल ७५ प्रतिशत र फुड काेर्ट ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । खोप नलगाएका व्यक्तिलाई प्रवेश नदिइने ।
- कतार किल्न प्रोग्रामबाट मान्यता प्राप्त रेस्टुरेन्ट र क्याफे ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । अन्यले ४० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।
- शुक ७५ प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने । हुक्का प्रयोग गर्न पाउने
- होलसेल मार्केट ७५ प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।
- जिम तथा हेल्थ क्लब ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । सावर , चेन्जिङ रुम ,जाकुजी र सौना बन्द गर्नुपर्ने ।
- खुला स्विमिङ पुल र वाटर पार्क ७५ र बन्द ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाउने ।
- सरसफाइ क्षेत्र पुर्ण रुपमा सन्चालन हुने ।
- कार्य क्षेत्र पुर्ण रुपमा सन्चालन गर्न पाउने। मिटिङमा बढीमा १५ जना बस्न पाउने ।
- सिनेमा तथा थिएटर ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । सबै दर्शक र स्टाफले खोप लगाएको हुनुपर्ने ।
- सैलुन ५० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने ।सबैले खोप लगाएको हुनुपर्ने ।
- सभा समारोह र संस्कृतिक कार्यक्रम खुला क्षेत्रमा ५० र बन्द क्षेत्रमा ३० प्रतिशत क्षमतामा सन्चालन गर्न पाउने । कार्यक्रम गर्न मन्त्रालयको सिफारिस चाहिने ।
QNKhabar बाट
यदि तपाई वैदेशिक रोजगारीको शिलशिलामा कतारमा बस्नुहुन्छ भने कतारमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने
जानकारी, दुताबासका सुचना, एअरलाइन्सको सुचना लगायत सबै जानकारी पाउनको लागी यो ग्रुपमा ज्वाईन् हुनुहोला !
ग्रुपमा ज्वाईंन हुन यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/17379


