कम्पनी र घरको दोहोरो त’नावले साउदीमै आ’त्मह’त्या गरे मनि कुमारले

समर्पण रम्जान, ३० जनवरी २०२२, साउदी अरब- सोलुखुम्बु घर भएर ४ महिना अगाडी मात्रै, अब्दाल सप्लाइ कम्पनी रियादमा आएका मनि कुमार बि.क ले आफ्नै बासस्थानमा आ’त्मह’त्या गरेका छन् । सप्लाइ कम्पनीमा आएका बि.क लाई  कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो ।

केही दिन देखि घरायसी तनाबले ग्रसित रहेका बि.क ले रेस्टुरेन्टमा काम गर्दै गर्दा गत शुक्रबार केही सामन्य स’मस्या भएपछि उक्त रेस्टुरेन्टका फिलिपिनी म्यानेजरले टर्मिनेट गर्नलाई पेपरमा साइन समेत गराएको थियो । टर्मिनेट गर्ने र लगाएको युनिफर्म पनि फिर्ता गर्न भनेपछि बि. क त’नाबमा रहेको उहाँका निकटतम साथी सुरज बिश्वकर्माले जानकारी गराए ।

घरायसी त’नाबले ग्रस्त बि.क लाई साथिहरुले राम्ररी सम्झाइ बुझाइ गरे पनि दोहोरो त’नाबले अन्त्यमा सनिवार बिहान ६ बजे आफ्नो देह त्याग गर्न पुगेको उनका साथीहरुले बताएका छन् । साथी सुरजका अनुसार यो केसका सम्बन्धमा नेपाली दूतावास रियादमा जानकारी गराइसकेको र मृ’त शरीर लाइ नेपाल पठाउन छिटो सहयोग गरिदिन दूतावास रियाद तथा एनआरएनए आरसिसीलाइ अनुरोध गरेका छन् ।

यो आ’त्महत्या केस भएकोले यसको पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षशीत समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले उहाँको साथी सुरज बिश्वकर्मा लाइ जानकारी दिएको छ । हिमालयनदृष्टि 

यदि तपाई वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्नुहुन्छ भने विदेसमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने
जानकारी, दुताबासका सुचना, एअरलाइन्सको सुचना लगायत सबै जानकारी पाउनको लागी यो ग्रुपमा ज्वाईन् हुनुहोला ! ग्रुपमा ज्वाईंन हुन यँहा क्लिक गर्नुहोला !

 

https://ujyaalonepalnews.com/archives/17384

Previous articleकतारमा अब खोप नलगाएका व्यक्तिले पनि सपिंग मलहरुमा प्रवेश गर्न पाउने
Next articleभरतपुरमा ट्रक पल्टियो, सडक छेउका बिजुलीका पोल ढले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।