चितवनमा टिपर र भ्यान एकआपसमा ठोक्किँदा एकै परिवारका दुई जनाको मृत्यु दुईजना घाइते

चितवन, २१ माघ । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र नारायणगढबाट मुग्लिनतर्फ जाँदा गरेको गइरहेको लु २ ख १७०१ नम्बरको ट्रिपर भरतपुर महानगरपालिका वडा नं. २९ मा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ निवासी ३६ वर्षिया निशा ढुङ्गाना र उनको ९ वर्षिय छोरा निमेश ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भ्यानका चालक ३५ वर्षिय राजकुमार ढुङ्गाना र मृतक निशाकी आमा राप्ती नगरपालिका वडा नम्बर ३ की ५८ वर्षिय धिरमायाँ ओली घाईते भएका छन् । ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले  जनाएको छ । घाईते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । कार्यालयका अनुसार भ्यान, ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/17417

Previous articleचट्ट कालो कोटपाईन्ट र रातो टाई लगाएर गुडमार्निंग DXN
Next articleचितवनमा बेबारिसे लास फेला, मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।