चितवनमा बेबारिसे लास फेला, मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीको आग्रह

0
25

भरतपुर । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित स्थानीय तारानाथ पाठकको घर अगाडी पेटीमा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन नसकेपछि मृतकलाई चिन्ने व्यक्तिले सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

चितवन प्रहरीले शनिबार आफ्नो आधिकारीक फेसबुक पेजमा मृतकको फोटो सार्वजनिक गरि मृतकलाई चिन्ने आफन्तले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।

मागि खाई हिँड्ने अनुमानित ४५ वर्षका एक पुरुषको शव प्रहरीले फेला पारि शवको पोष्टमार्टमा लागि भरतपुर अस्पतालको शवगृहमा राखेको छ ।

घटनास्थल तथा शवको जाँच मुचुल्कासहित प्रारम्भिक अनुसन्धान सकिएकाले उक्त हुलिया भएको व्यक्ति कोही कसैले चिनेमा निजको आफन्त वा प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको चितवन प्रहरी प्रवक्ता नरिहरी अधिकारीले जानकारी दिए ।

चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !

https://www.ujyaalonepalnews.com/archives/17422

Previous articleविमानस्थलका कर्मचारीलाई डिउटीमा रहँदा मोबाईल फाेन चलाउन राेक
Next articleशान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी सुरु