९० मिनेट पानीमा तैरिएर चितवनका यूवा श्रेष्ठले राखे विश्व किर्तिमान

माघ २३, चितवन । चितवनको रत्ननगरका बिकर्ण कुमार श्रेष्ठले विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर विश्व किर्तिमान राख्न सफल हुनुभएको छ । आइतबार स्कोलाष्टिक फाउडेशन नेपालले भरतपुरमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि श्रेष्ठले विश्व किर्तिमान राख्न सफल भएको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले किर्तिमान राख्दै देशलाई विश्व सामु चिनाउन सकेकोमा खुशी लागेको बताउँदै दृढ इच्छाशक्ति तथा आध्यात्मिक बलले नै आफू सफल बनेको बताउनुभयो । पानीमा तैरिनु मात्रै नभइ हरेक क्षेत्रमा मिहिनेत र इच्छाशक्ति हुने हो भने सफलता प्राप्त हुने उहाँको भनाइ छ । २०७८ साउन १८ गते स्कोलाष्टिक फाउडेशन नेपालको आयोजनामा धुलिखेलमा आयोजित द स्कोलाष्टिक टल्क २०२१ (शिक्षा सम्बन्धी) कार्यक्रममा पानीको सतहमा १ घण्टा ३० मिनेट लगातार तैरिएर वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गर्नुभएको हो ।

उहाँलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरिसक्नुभएको छ । कार्यक्रममा बोल्दै यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिनुभयो ।

विश्व किर्तिमान राख्न सफल चितवनका श्रेष्ठ अटो पाट्र्स व्यवसायी, बिजुली प्राविधिक प्रशिक्षक, लायन्स क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष, रत्ननगर जेसिजका पूर्व महासचिव, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य समेत रहनुभएको छ । यस्तै, उहाँले अहिले सम्म ८३ पटक रक्तदान गरिसक्नु भएको छ ।

चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !

https://ujyaalonepalnews.com/archives/17434

Previous articleमलेशियामा मानसिक सन्तुलन गुमाएका राजेशले घर बिर्सिए, परिवार भेट्टाउन समस्या
Next articleचितवनका बाख्रापाठालाई पनि खोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।