भरतपुर, २४ माघ- चितवनमा एक सातासम्म भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने भएको छ । भोलि (मंगलबार) देखि फागुन २ गतेसम्म खोप लगाइदै छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले भेडाबाख्राको हैजाका रुपमा लिइने पिपिआर रोग संक्रामक भएकाले खोप लगाउनुपर्ने बताउनुभयो ।
“एकै खोरमा धेरै क्षती पु¥याउने भएकाले पिपिआर रोग विरुद्धको खोप लगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “सप्ताहव्यापी अभियानमा खोपमा सहभागि हुन किसानहरुलाई आग्रह गर्छौँ ।” विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशु सेवा शाखाबाट सम्पर्क गर्न अनुरोध गर्नुभयो । २० भन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ । यो खोप निःशुल्क लगाइने छ ।
पिपिआर खोरेत विरुद्धको भ्याक्सिनेसन कार्यक्रम फोकल पर्सन दिनेश ढकालका अनुसार ४४ वटा खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो । भरतपुर महानगरका पशु सेवाकेन्द्रमा राखिएका ८ खोप केन्द्रहरुमा जुगेडी, लंकु, मंगलपुर, गुञ्जानगर, शारदानगर, मेघौली, पटिहानी, गीतानगरमा खोप केन्द्रहरु छन् ।
यस्तै रत्ननगरका ३ खोप केन्द्रहरुमा पिठुवा, जमुनापुर र जिरौना छन् । कालिकाका ४ खोप केन्द्रहरुमा सिद्धि, शक्तिखोर, पदमपुर, खोलेसिमल छन् । खैरहनीका १२ खोप केन्द्रहरुमा ज्यामिरे, लदरी, गाठेघर, खैरहनी–५ को दुर्गामन्दिर, भुमही, पर्साबजार, कठार, कुमरोज, गबई छन् । राप्तीको ५ खोप केन्द्रहरुमा पिप्ले, परेवाकोट, गडौली, गुम्बाटोल र चौकिडाँडा छन् ।
चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/17441


