धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी र प्रधानसेनापति प्रभुराम शर्माबीच आज धनगढीमा भेटवार्ता भएको छ ।
धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख र प्रधानसेनापति शर्माबीच भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सहयोगी छक्क मल्लले जानकारी दिनुभयो । उहाँहरू बीच समसामयिक विषयमा छलफल भएको मल्लले बताउनुभयो ।
यसैगरी प्रधानसेनापति शर्माले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीसँग पनि भेटघाट गर्नु भएको छ ।
त्यस क्रममा प्रधानसेनापति शर्माले प्रदेशको शान्ति सुरक्षा, विपद् जोखिम न्यूनीकरण लगायतका विषयमा छलफल गरी जानकारी लिनु भएको बताइएको छ । आजै प्रधानसेनापति शर्मा दार्चुला जाने कार्यक्रम रहेको छ । प्रधानसेनापतिसँग उच्च पदस्थ सरकारी अधिकारी लगायत रहनु भएको छ ।


