नेपाल बन्दको चितवनमा सामान्य प्रभाव (भिडियो सहित)

0
32

निराजन घिमिरे, फागुन ४- एमसीसी सम्झौता संसदमा टेबल टेबल गर्ने तयारी भएपछी आन्दोलित भएको छ दलिय मोर्चाले आज नेपाल बन्दको आव्हान गरेको छ। बन्दको चितवनमा सामान्य प्रभाव परेको छ। चितवनका सडकमा अहिले निजि तथा मालबाहक सवारीसाधनहरु चलिरहेका छन्।

सडकमा बन्दकर्ताको खासै उपस्थिति देखिएको छैन। चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। मुख्य सडकमा रहेका पसलहरु नखुले पनि भित्रि सडकहरुमा रहेका पसलहरु खुलिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।

आजै एमसीसी पास गर्ने कसरत

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी छ। तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।

भिडियो हेर्नुहोस् 

https://www.ujyaalonepalnews.com/archives/17588

Previous articleपर्सामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी
Next articleमोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित