Home Uncategorized डलर कमाउनको लागी मानिसलाई प्रान्कको नाममा तनाब दिएर भिडियो बनाउने पक्राउ

डलर कमाउनको लागी मानिसलाई प्रान्कको नाममा तनाब दिएर भिडियो बनाउने पक्राउ

काठमाडौँ– प्रहरीले नेपाली प्राङ्कस्टार युट्युव च्यानलका सञ्चालकलाई प्रकाउ गरेको छ। झापा बिर्तामोड घर भइ हाल भक्तपुर बस्दै आएका प्राङ्कस्टार २७ वर्षीय आकाश सेढाईलाई प्रहरीले पक्राउ गरेको हो। उनले सार्वजनिक स्थानमा मजाकको नाममा सर्वसाधारणालाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्नेजस्ता क्रियाकलाप गरी भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेको नेपाल प्रहरीको साइबर व्युरोले जनाएको छ।

व्यूरोका एसएसपी नविन्द्र अर्यालले व्यक्तिको गोपनियता भंग गरेको तथा गृह मन्त्रालयले समेत यस्ता गतिविधि नगर्न आग्रह गरिसकेको अवस्थामा प्रकाउ गरिएको बताए। केही दिनअघि मात्र गृह मन्त्रालयले यस्ता प्रयाङ्क भिडियो नबनाउन र बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो।

विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

https://ujyaalonepalnews.com/archives/17593

Previous articleनेपाल बन्दको चितवनमा सामान्य प्रभाव (भिडियो सहित)
Next articleगौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज आइपुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।