जनजागृती मावि मा लागुऔषध र साईबरक्राईम विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

निराजन घिमिरे, फागुन ६ ,चितवन- चितवनको रत्ननगर पिठुवामा रहेको जनजागृती माध्यमिक विद्यालयका किशोरावस्थाका विद्यार्थीहरुको लागी लागुऔषध र साईबरक्राईम विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। भूतपूर्व विद्यार्थी संघ भद्रकाली मावि, चितवन फाउन्डेसन र जनजागृती माविको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।

शुक्रबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रमको सभापतित्व भूतपूर्व विद्यार्थी संघका अध्यक्ष एलिन गुरुङ ( महावीर ) ले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर मिश्र, विशिष्ट अतिथिको रुपमा विद्यालयका सहायक प्रअ.द्वय रामहरी भण्डारी र नरेन्द्र श्रेष्ठ उपस्थित थिए ।

कार्यक्रमको सभापतित्व समेत गरेका संघका अध्यक्ष एलिन गुरुङ्गले स्कुले विद्यार्थीहरुनै लागुऔषधको मुख्य जोखिममा रहेको उल्लेख गर्दै किशोरावास्थाका विद्यार्थीलाई लागुऔषधको बाटोमा लाग्नबाट बचाउन सचेतना कार्यक्रम गरिएको जानकारी दिए । ईन्टरनेटमा बालबालिकाको पहुँच सहज भएसंगै किशोरावस्थाका बालबालिकाहरु जानी नजानी साईबर अपराधमा मुछिने क्रम बढेको गुरुङ्गको भनाई छ।

त्यस्तै प्रमुखअतिथि समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर मिश्रले  शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमले कलिला बालबालिकाहरुलाई कुलतबाट जोगिन सहयोग पुग्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा चितवन फाउन्डेसनका विश्वराज पौडेल, ईलाका प्रहरी कार्यालय टांडीका प्रहरी हवल्दार रेखा गुरौ प्रहरी जवान कमल भट्टराई लगायतले सहजीकरण गरेका थिए । कार्यक्रम भु.पु विद्यार्थी संघका सदस्य नविन गुरुङ्गले संचालन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष एलिन गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट सोहि विद्यालयमा कक्षा १० मा अध्ययनरत जौबारी टोलका सुरज विकलाई दुई हजार बराबरको शैक्षिक सामाग्री वितरण समेत गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/17601

Previous articleगौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज आइपुग्यो
Next articleगरिबीको पिडा: चरम गरिवीका कारण आत्महत्या गरिन् चितवन कि विष्णुमायाले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।