गरिबीको पिडा: चरम गरिवीका कारण आत्महत्या गरिन् चितवन कि विष्णुमायाले

चितवन । कालिका नगरपालिका- १० छेरेबाङ नजिकै सुन्दराङकि ३८ बर्षिया बिष्णु माया चेपाङले गरिवीका कारण गए राती टाकीको रुखमा झुन्डिएर आत्महत्या गरेकी छन ।

३ छोरी ३ छोराको आमा बिष्णुका श्रीमान मजदुरीका लागि जिल्ला बाहिर गएका थिए भने जेठी छोरी करुणा चेपाङ गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइ कक्षा ५ मा अध्ययन गरि रहेकी छन् । आफ्नो उब्जनीको अन्नले एक महिना पनि खान नपुग्ने उक्त परिवारमा चरम गरिबी भएपछी आत्महत्या गरेको छेरबाङगाउँका दलबहादुर चेपाङले बताए ।

चेपाङ बस्तीमा यो बेला भोकमरी लाग्ने समय भएको र बालबच्चालाई खुवाउने कुरा नहुँदा यस अगाडी पनि चेपाङहरुले आत्महत्या गर्ने गरेको चेपाङ अभियान्ता केपी किरण शर्मा बताए । बिष्णुमायाले गरिबीका कारण आत्महत्या गरेको स्थानियले टेलिफोनमा बताएको शर्माले बताए । कालिकादैनिक बाट 

https://ujyaalonepalnews.com/archives/17609

Previous articleजनजागृती मावि मा लागुऔषध र साईबरक्राईम विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
Next articleफरार रहेका २६० जना चितवन प्रहरीले समायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।