Home Uncategorized रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको पद हस्तान्तरण

रत्ननगर ९ मा रहेको मिलिजुली सामुदायिक वनको पद हस्तान्तरण

रत्ननगर १२ फागुन । रत्ननगर ९ मा रहेको मिलिजुली मध्यवर्ती सामुदायिक वनको नवनिर्वाचित कार्यसमितिलाई विहीबार पद हस्तान्तरण गरिएको छ । आइतवार भएको निर्वाचनबाट मेघनाथ पौडेलको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । वनको कार्यालयमा आयोजित कार्यक्रममा निर्वतमान अध्यक्ष रामेश्व महतोले निर्वाचित अध्यक्ष पौडेललाई पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद घिमिरेले निर्वाचित कार्यसमितिका पदाधिकारी,सदस्य र पासर्द सदस्यहरुलाई निर्वाचित भएका प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा निकुञ्ज सौराहा सेक्टर प्रमुख विश्वबाबु श्रेष्ठ सहित निर्बाचन समितिका संयोजक घिमिरे,सदस्य इश्वरी प्रसाद लामिछाने,नेमराज पौडेल,खगेन्द्र पौडेल,मृगकुञ्जका कार्यालय सचिव यौवनकुमार पराजुली,वनकी कार्यालय सचिव कल्पना राउतलाई सम्मान गरिएको थियो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना प्रमुख अतिथि रहेको सो कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य,वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तामाङ,नेकपा एमालेका लेखराज आचार्य,नेपाली काँग्रेसका अनन्त अधिकारी नेपाल मजदुर किसान पार्टीका विष्णु प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष मेघनाथ पौडेलले पर्यापर्यटन मार्फत सामुदायिक वनलाई सौराहासंग जोडेर स्थानीय समुदायका आयआर्जनको लागि काम गर्ने बताए ।

Paul Shah and Samiksha Adhikari Kanda News Audio Clips

https://ujyaalonepalnews.com/archives/17638

Previous articleरत्ननगर महोत्सव : शोभायात्रा भब्य बनाइदै,१५० संघसंस्था सहभागी हुने
Next articleकोभिड खोपको पूरा मात्रा लगाएकाको लागि कतारले हटायो क्वरेण्टीन र पीसीआर परीक्षणको नियम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।