रत्ननगर महोत्सव : शोभायात्रा भब्य बनाइदै,१५० संघसंस्था सहभागी हुने

0
66

रत्ननगर । यही फागुन १५ गतेबाट टिकौलीचौरमा सुरु हुने रत्ननगर महोत्सवको शोभायात्रालाई भब्य बनाइने भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा हने सो महोत्सन अन्तर्गत गरिन लागेको शोभायात्रामा १५० वटा संघसंस्थाले सहभागिता जनाउने शोभायात्रा व्यवस्थापन समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन ।

शोभायात्रामा हात्ती सहित विभिन्न जातजातीको संस्कृति झल्कने झाँकी,विभिन्न जातजातीको बजार,नेवारी समुदायको कुमारी,बेलुन सहितको डमी समेत शोभायात्रामा सहभागी गराउने गरी तयारी गरिएको संयोजक घिरिमेले बताइन । पुस २७ गते उद्घाटन हुने भनिएको महोत्सवको ११औं संस्करण कोरोनाका कारण स्थगित गरिएको थियो ।

फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने सो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मुल व्यवस्थापन समितिका संयोनक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सव अन्तर्गत १६ देखि १९ गतेसम्म चौथो चिकेन एण्ड एग फुड फेस्टिवल हुने उनले बताए । फुड फेस्टिवल सौराहाचोक र टाँडीचोकको बीचमा हुने छ ।

महोत्सवमा ३५० कक्ष रहने छन् । महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्रथामिकता दिइएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको उनको भनाई छ ।

https://www.ujyaalonepalnews.com/archives/17635

Previous articleछ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ
Next articleशिव परियार र ‘एकदुमे’ संगै झुमे दर्शक, रत्ननगर महोत्सवमा २५ हजार दर्शकको भिड