रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत फागुन २१ गते शनिबार सुबोध गौतम (यदुमे) आउँदैछन् । चर्चित हास्य टेलिश्रृङ्खना सक्किगो नि ! का कलाकार यदुमे सबैले रुचाएका कलाकार हुन् । उनले गर्ने क्यारिकेचर सुन्न मान्छेहरुको भीड लाग्ने गरेको छ ।
यदुमेसहित महोत्सवमा चर्चित गायक शिव परियारको प्रस्तुति रहने छ । महोत्सवको छैठौँ दिन शुक्रबार चर्चित गायक कमल खत्री, गायिका मेलिना मैनालीले प्रस्तुति दिएका थिए । रत्ननगर उद्योग वाणिज्य संघले चितवनको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।
फागुन २३ गतेसम्म चल्ने महोत्सवमा दिनप्रतिदिन अवलोकनकर्ताहरुको संख्या बढ्दै गएको महोत्सव मूल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।
महोत्सवमा जीप साइकलिङ, जीपलाइन सफारीसहित कृषि परिसरमा आधुनिक औजारहरुको प्रदर्शनी गरिएको छ । महोत्सवमा कालिका नगरपालिकाले रैथाने बाली संरक्षणको लागि चेतनामूलक कार्यक्रम गरिरहेको छ । महिला समूह, आमा समूह तथा सहकारीले महोत्सवमा स्थानीय उत्पादनको बिक्री र प्रवद्र्धनको काम गरिरहेका छन् ।
महोत्सवको अर्को आर्कषणको रुपमा विभिन्न जताजातिको परम्परागत घरहरु रहेका छन् । ती घरहरुमा अवलोकनकर्ताहरु पुगेर मौलिक संस्कृति र बसोवासको बारेमा जानकारी लिने गरेको संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवमा ४२५ स्टल रहेका छन् ।
महोत्सव ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव निराजन खनालले बताए ।
https://www.ujyaalonepalnews.com/archives/17702