त्रिभुवन विमानस्थलको उडान अस्तव्यस्त : कतार एअरवेजको जहाज बङ्गलादेश ‘डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि नेपालको आकाशमा २० फन्का लगाएको कतार एअरवेजको जहाज बङ्गलादेश डाइभर्ट भएको छ । क्यालिब्रेशन फ्लाइटका कारण अरू अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि प्रभावित भएका छन् । अहिले विमानस्थलमा जहाजको उडान र अवतरण सुरु भइसकेको छ ।

त्रिभुवन विमानस्थलमा भइरहेको परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइट का कारण जहाजले बारा र ललितपुरको आकाशमाथि २० फन्का लगाएको थियो । त्यत्तिञ्जेल पनि अवतरणको पालो नआएपछि जहाज बङ्गलादेशको ढाका पुगेको छ ।

दोहाबाट काठमाण्डौ आएको जहाज दिउँसो २ बजेर ३५ मिनेटमा अवतरण गर्ने तालिका थियो । आजै कतारबाटै आएको अर्को जहाजले पनि १७ फन्का लगाएर काठमाण्डौमा अवतरणको अनुमति पाएको थियो ।

 

https://ujyaalonepalnews.com/archives/17692

Previous articleरत्ननगर महोत्सवमा सहभागिता बढ्दै : विहीबार मात्रै २० हजारले गरे अबलोकन
Next articleरत्ननगर महोत्सव: भोली शनिवार ‘एकदुमे’ को विशेष प्रस्तुती रहने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।