साउदी अरबमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

साउदी अरब — साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल संख्याभन्दा बढी हो ।

‘उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो,’ साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)ले जानकारी गराएको छ । उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको मानिएका कैदीहरू सहित ‘आतंकवादी संगठनहरू’ मा आवद्ध रहेको जनाइएको छ ।

अदालतका अनुसार उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा जनाइएको एसपिएले उल्लेख गरेको छ । ८१ जनामध्ये ७३ साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक थिए ।

एसपीएका अनुसार मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए । तेलका लागि विश्वकै धनी खाडी मुलुकमा विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दर छ ।

शनिबारको फैसलाले एक दिनमा राज्यमा यस पहिले उच्च रेकर्ड गरिएको सबैभन्दा धेरै मृत्युदण्ड र सन् २०२१ को कूल ६९ मृत्युदण्डलाई पनि पछि पारेको छ ।

https://ujyaalonepalnews.com/archives/17783

Previous articleविभिन्न पार्टी परित्याग गरि रत्ननगर १६ का ५७ जना कांग्रेस प्रवेश
Next articleसाउदी अरेबियाका विदेश मन्त्री भाेलि नेपाल आउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।