चितवनमा खागले टोक्दा १६ जना घाईते

उज्यालो नेपाल, चैत ०१- चितवनमा जंगली मौरी ( खाग ) ले टोक्दा १६ जना घाईते भएका छन् । सिन्धुलीबाट सौराहा घुम्न आएका कमलामाई नगरपालिका – ४ का १६ जनालाई मौरीले टोकेको हो । सौराहा स्थित चितवन राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका बेला  उनीहरुलाई मौरीले एक्कासी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाईते मध्य १५ जना सामान्य घाइते रहेको र एकजना मध्यम घाईते रहको प्रहरीले बताएको छ । घाईतेहरुको रत्ननगरमा रहेको बकुलहर सरकारी अस्पताल टांडीमा उपचार भईरहेको छ ।

https://ujyaalonepalnews.com/archives/17844

Previous articleस्थानीय तह निर्वाचनः एक लाख म्यादी प्रहरी भर्ना खुल्यो
Next articleपेट्रोल अब लिटरको १५५ रुपियाँ, आज बाट फेरी बढ्यो भाउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।