एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

सरकारले मंगलबार संघीय संसदको दुवै अधिवेशन अन्त्य गरिसकेको छ ।

एमाले बैठकमा समसामायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/17865

Previous articleप्रदेश मन्त्री कृष्ण खनालले ग्रहण गरे पिर्के सलामी
Next articleचैतभित्रै काठमाडौँ पानी पुर्‍याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।