प्रदेश मन्त्री कृष्ण खनालले ग्रहण गरे पिर्के सलामी

0
73

उज्यालो नेपाल, चैत २- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले पिर्के सलामी ग्रहण गरेका छन् । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. १२ ठिंगनमा नवनिर्मित प्रहरी कार्यालयको उद्घाटनको क्रममा मन्त्री खनालले पिर्के सलामी ग्रहण गरेका हुन् ।

पिर्के सलामीका कारण समय-समयमा जनप्रतिनिधिहरु विवादित बन्दै आएका छन् ।  सामाजिक संजालमा पिर्के सलामीको निकै आलोचना हुँदै आएको छ । विवादित हुन्छु भन्ने जान्दाजान्दै पनि पिर्के सलामी ग्रहण गर्नुपर्ने बाध्यतामा आफुहरु परेको सलामी ग्रहण गर्नेहरु नै बताउँछन् । कि त औपचारिक कार्यक्रममा उपस्थित नै हुन भएन कि त सलामी ग्रहण गर्नु पर्यो उनीहरुको भनाई छ । प्रहरीको समारोह व्यवस्थापन कार्यविधिअनुसार पदीय दर्जाअनुसार कसलाई कसरी सलामी दिने भन्ने निर्धारण भएको प्रहरी बताउँछ ।

ईलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित भवनको उद्घाटनमा प्रमुख अतिथि रहेका मन्त्री खनाललाई पिर्के सलामी दिइएको हो ! बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा २ करोड २३ लाख ४३ हजार ४१४ रुपियाँ लागतमा प्रहरी चौकी निर्माण गरिएको हो । प्रदेश सरकारको बिनियोजित बजेटबाट आर्थिक बर्ष २०७५/०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरुको निर्माण कार्यको थालनी भएको थियो । जसमध्ये यस कार्यालय ३९ औं भवन अन्तरगत पर्दछ ।

नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुई तल्लामा कार्यालय प्रयोजनको निमित्त ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेका छन् । माओवादी द्वन्दको क्रममा २०५९ सालमा तत्कालिन विद्रोहीले २ तले प्रहरी भवनमा बम विस्फोट गरेर ध्वस्त बनाएपछि प्रहरी कार्यालय तत्कालिन गाउँ विकास समितिको टहरामा बस्दै आएको थियो । प्रहरी कार्यालयको आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका मन्त्री कृष्ण प्रसाद शर्मा खनालले उद्घाटन गरेका हुन ।

 

https://www.ujyaalonepalnews.com/archives/17856

Previous articleरत्ननगरको स्वास्थ्य शिविरमा पिठुवा लायन्सको नि:शुल्क यातायात सेवा
Next articleएमालेले बोलायो संसदीय दलको बैठक