मापसे गरेर झगडा गर्ने कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई मोरङको बलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारी नगरपालिका-४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो ।

त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए । अहिले पीडित कार्की र कलाकार खतिवडाबीच मेलमिलापका लागि छलफल चलिरहेको छ ।

https://ujyaalonepalnews.com/archives/26369

Previous articleटिकटक बनाउँदा नारायणीमा डुबेर बेपत्ता भईन् सुरज्ञा
Next articleबिरामी श्रीमतीलाई जबरजस्ती करणी गर्ने युवकलाई कैद सजाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।