निराजन घिमिरे, चैत्र ३- चितवनको रत्ननगर १६ मा रहेको पिठुवा गरिबी निवारण साना किसान कृषि सहकारीले साधारणसभा सम्पन्न भएको साढे तिन महिना पछी बल्ल नयाँ नेतृत्व पाएको छ । राजनैतिक खिचातानीको कारण सहकारी लामो समय सम्म नेतृत्वबिहिन बन्न पुगेको थियो ।
सहकारीको अध्यक्षमा दिनेश घलान, उपाध्यक्षमा शान्ती ढकाल, सचिवमा कोपिला पौडेल र कोषाध्यक्षमा सम्झना भट्टलाई चयन गरिएको रत्ननगर १४ का वडाध्यक्ष तथा समाजवादीका नेता हरिकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै लेखासमिति संयोजकमा ज्ञानेन्द्र मिश्रलाई चयन गरिएको छ । दलीय भागबन्डाको आधारमा नयाँ कार्यसमितिलाई पूर्णता दिईएको हो ।

सहमती अनुसार अध्यक्ष समाजवादीलाई, उपाध्यक्ष कांग्रेसलाई, सचिव एमालेलाई र कोषाध्यक्ष माओवादी केन्द्रलाई दिईएको बुझिएको छ ।
गत मङ्सिर २० गते आयोजना गरिएको संस्थाको १६ औं साधारणसभा तथा ७ औ अधिवेसनले नयाँ कार्यसमिति गठन गर्नुपर्नेमा राजनीतिक किचलोले समिति गठनमा ढिलाई भएको थियो । विशेष गरि एमाले फुटेर नेकपा एस जन्मिएपछि स्थानीय नेताहरुलाई भागबण्डा मिलाउन सकस परेको हो । सर्वसहमतीको आधारमा चयन गरिएको समितिको विहिबार नै सपथ ग्रहण गरिएको छ ।
https://ujyaalonepalnews.com/archives/17887


