दिवंगत पत्नीको स्मृतिमा वडाध्यक्षले गरे खानेपानी संस्थालाई जग्गादान

निराजन घिमिरे, चैत्र ४ – रत्ननगर नगरपालिका वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाले खानेपानी संस्थालाई जग्गादान गरेका छन् । आफ्नी स्वर्गिय धर्मपत्नी मनकुमारी थापा (रमा) को ४५ औँ दिनको पुण्यतिथिमा थापाले पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई तिन धुर जग्गादान गरेका हुन् ।

वडा नं. १६ हात्तिगाड़ेमा रहेको पिठुवा खानेपानीको ओभरहेड ट्यांकी नजिकै रहेको उक्त जग्गा बोरिंग गाड्न प्रयोग गरिने पिठुवा खानेपानीका अध्यक्ष आशिक तामांगले जानकारी दिए । जग्गा हस्तानातरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै तामांगले सामाजिक काममा एक कदम अगाडी बढेर खानेपानी संस्थालाई जग्गादान गर्ने वडाध्यक्ष र थापा परिवारको मुक्तकण्ठले प्रसंसा गरे ।

नि:शुल्क प्राप्त भएको जग्गामा बोरिंग बनेपछि एउटा मोटर बिग्रंदा धेरै समय पानी बन्द गर्नुपर्ने समस्या समाधान हुने अध्यक्ष तामाङ्गको भनाई छ ।

https://ujyaalonepalnews.com/archives/17892

Previous articleराजनीतिक किचलोले अड्किएको पिठुवा गरिबी निवारणले साढे तिन महिनापछि पायो नयाँ नेतृत्व
Next articleइञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।