१६ महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ। मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो।

लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत छन्। उनी अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका छन्।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो। तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो। यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन्। रासस

विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन

Previous articleजसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
Next articleअर्नव गोश्वामीलाई र्‍याखर्‍याख्ती पार्ने कमेडियनलाई चार एयरलाइन्सले लगाए प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।