अर्नव गोश्वामीलाई र्‍याखर्‍याख्ती पार्ने कमेडियनलाई चार एयरलाइन्सले लगाए प्रतिबन्ध

टेलिभिजनमा अत्यन्त आक्रमक शैलीमा उत्रिने प्रस्तोता अर्नव गोस्वामीलाई हवाई यात्राको क्रममा र्‍याखर्‍याखती पारेपछि भारतीय स्ट्यान्ड–अप कमेडिएन कुनाल कामरालाई चार वटा एयरलाइन्सले प्रतिबन्ध लगाएका छन्।

इन्डिगो, स्पाइस जेट र गो एयरले कामरालाई ६ महिनाका लागि प्रतिबन्ध लगाएका हुन् भने एयर इन्डियाले अर्को सूचनासम्मका लागि उनलाई आफ्नो विमानमा नउडाउने जनाएको छ।

भारतीय उड्डयन मन्त्ती हरदीप सिंह पुरीले अन्य एयरलाइन्सहरुलाई पनि त्यस्तै प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।

यद्यपि विस्तारा एयरलाइन्सले भने उनलाई प्रतिबन्ध नलगाउने बताएको छ। एजेन्सी

गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक [भिडियो ]

Previous article१६ महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष
Next article‘म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।