‘कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गरिने’

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९–०८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताउनुभएको छ ।

सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासङ्घ शाखा कार्यालय रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरेको जानकारी दिनुभयो ।

File Photo

उहाँले काठमाडौँबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेको र ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिने पनि उल्लेख गर्नुभयो ।

हाल अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उहाँले त्यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/17983

Previous articleदाबी भुक्तानी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन
Next articleसबै नागरिकका घरमा विद्युत् पुर्याउँछौँः ऊर्जा मन्त्री भुसाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।