तीन लाख बढीको मदिरा बरामद

जनकपुरधाम । धनुषाबाट भारततर्फ चोरी निकासी गर्न लागिएको भारी परिणामको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

जिल्लाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ इनर्वास्थित बोर्डर इलाकाबाट भारततर्फ लग्दै गरेको विभिन्न ब्रान्डका ३ लाख बढीको मदिरा बरामद गरिएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले ६ वटा मोटरसाइकल तथा सोफी मदिरा २ सय ७ कार्टुन, भर्जिन मदिरा ७ कार्टुन, ब्ल्याक ओके मदिरा ९ कार्टुन बरामद गरेको छ ।

बरामद भएको मदिराको बजार मूल्य ३ लाख १० हजार ६ सयको रहेको छ । सशस्त्र प्रहरी देखेपछि मोटरसाइकल चालकहरू भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको विहार राज्यमा मदिराको बिक्री वितरण तथा उत्पादनमा रोक भएकाले सीमावर्ती क्षेत्रबाट मदिरा चोरी निकासी हुने गरेको आरोप भारतीय सुरक्षा अधिकारीले लगाएको बेलामा मदिरा बरामद भएको हो ।

https://ujyaalonepalnews.com/archives/18034

Previous articleनेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
Next articleप्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।